class 9 : Nepali summary and question answer




   वसन्त कोकिला
Share
प्रस्तुत मेरो नेपाली किताब कक्षा ९ को पाठ आठ वसन्त कोकिला भन्ने कविताबाट सिर्जित गरिएको हो । युक्त कविताका कवि लेखनाथ पौड्याल ( वि.सं १९४१ – २०२२) द्धारा लिखित कवितामा वसन्त ऋतुको समयमा कोइलाीले प्रदर्शन गर्ने गतिविधिलाई प्रस्तुत गरेका छन
कैली घरी एउटा रुखको हाँगामा त घरी अर्का रुखको हाँगामा चाहर्दै बहाडी रसिक झैँ बनी पालुवामा ढलीमली गर्छ । चुच्चोले मञ्जरी ठड्याएर घरी यता घरी उता फरक्क पर्कने कोइली आफ्नो पुच्छरले लतार्दै प्रकिृतिक संसारमा रमाउने गर्छ । वसन्त हावा र पुष्प परागमा मस्त हुँदै आँप, कटहर आदिको रस पिएर सुरिलो गलाबाट वनै थर्किने गरी खुसीसाथ मिठो आवाज निकाल्छ । यसरी वसन्त ऋतुमा कोइलीले दिन बिताइरहेको हुन्छ ।
बसन्त ऋतुको आफ्नै महत्व छ । यस ऋतुले सबैलाई हर्षित एवम् आनन्दित तुल्याएको हुन्छ । चारैतिर ढकमक् फुलेका हजारैँ फुल तथा लतावृक्ष आदिमा ढपक्कै ढाकेको पालुवाले सौन्दर्य बढाइरहेको हुन्छ । सिरीसिरी हावा चल्नु न जाडो न गर्मी न त अति वृष्टिको भय पनि यस समयमा हुदैन । यस्तो गौरव बढाई रहेको वसन्त  ऋतुमा प्राकृतिक संसारमा रमाउने कोईली खुसी नहुने कुरै भएन । ऊ भित्रैैदेखी सारै खुसी भएको छ । ऊ प्रकृतिको निर्बाध उपभोग गर्न पाउदा गौरवबोध समेत गरिरहेको छ । वसन्त ऋतुले उसका जीवनमा बाहार ल्याईदिएको छ । यस अंशमा वसन्त ऋतुको गौरवगान गरिएको छ । परिष्कृत एव्म परिमार्जित भाषाशैली गरीकन मन जस्ता अन्त्यानुप्रासयुत पदावलि र उपजाति जस्तो शास्त्रीय छन्दका माध्यमबाट प्रकृतिप्रेम सम्बन्धी भावलाई सशक्त र प्रभावकारी बनाइएको छ ।
 यहाँ वसन्त ऋतुको गौरवले कोईली जस्तो मानवेतर प्राणी पनि खुसीले गद्गद् भएको उल्लेख गरेर कविले प्रकृतिको मानविकरण समेत गरेको पाईन्छ ।

    सय रङ इन्द्रेनी
Share16
कवि वासुदेव त्रिपाठीद्धारा रचित एक चर्चित कविता ‘सय रङ इन्द्रेनी’ कवितामा इन्द्रेनी स्वयम्मा अनेक रङ्युक्त हुने गर्छ भनि प्रस्तुत गरेका छन् । अनेक रङको संयुक्त मेलबाटै इन्दे्रनीको शोभा र गरिमा बढ्ने गर्छ । यो कवितामा कविले गाउँ र सहर मेरै हो । मानसले रच्ने कुरा सुख हो । ज्याुँने र पौरख गर्ने यही समाज हो । आँसु र पीडा नभएको जीवन होस् र मुस्कुराउँदा जीवन मिठो पनि होस् । मिलीजुली बस्न पाइयोस्  बाँच्दा भरेसा पनि मिलोस् । सयपत्री फुलेको ठाउँमा जहारी फुल पनि फुल्छ । मानिसले गर्ने सिर्जनामा समाज सबभन्दा ठुलो हुन्छ । घरमा जे पाकेको छ त्यही खाँदा अमृतभन्दा मिठो हुने गर्छ । गौरा, सीता र भृकुटीको साइनो के हो ? सलहेश फुलबारी बुद्ध  र जनकको फुलबारी हो । मञ्जुली र यलम्बरले रचना गरेको रस मिठो छ । भावनाले भिजेपछि जुनसुकै कुरा मिठो हुन्छ । नेपाल आर्य, मङ्गोल, खस, किरात, थारु, यादव आदिको शूरवीरको थलो हो । यी वीरले जहाँ पाइला टेके त्यहाँ विजय हासिल गरे अनि नेपालीहरु विश्ववीर भनेर चिनिए ।
सयौँ जात जाति रहेको र अनेक थर, उपथरमा विभाजित नेपालीहरुले मिलीजुली  गरेर आर्जेको पौरख सारै मिठो छ । त्यस्तै दिलको माया र साइनो झनै मिठो हुन्छ । होस्टे, हैँसे गर्ने सहसृजनको जोस झनै मिठो हुन्छ । प्रकृति हिमाल, पहाड, तराई मधेस जोड्ने सिप छभ । जसले रच्यो तिनलाई प्रणाम छ । पुर्खाले दिएको हाम्रो नासो देश हो ।  बरगाछी, पीपलगाछी र  चौतारीको शतिल हावा पनि मिठो छ । तिमी र म आउने जनने हो । यहाँ रहने भनेकोे समाज मात्रै हो । मरेपछि साथ लैजाने के छ र । आपूm्ले सिर्जना गरे जति सबै नेपालकै हो । मानिसको नाता प्यारो हुन्छ । मानिस समाजमै जन्मिन्छ । ऊ समाजमै हुर्किन्छ  । अनि समाजमै देखभेट हुन्छ  र साइनो जोडिन्छ । रोजीरोटीको जाहो, भेटघाट आदिलाई देसै जोड्ने साइनोका रुपमा लिनुपर्छ । अब आपसी द्धन्द्ध होइन, देश नै प्यारो छ भन्दै संवादबाट दिलको दोस्ती गाँस्नु पर्छ ।
जुनसुकै ठाउँको बासिन्दा भए पनि सबै मिलेर देशनिर्माणमा लाग्ने नेपालीहरुले आफ्नो पुर्खाले नासोका रुपमा छोडेर गएको यस देशको इज्जत र प्रतिष्ठालाई बचाउँदै आएका छन् । नेपालीहरुका बिच न  त कुनै किसिमको कटुता छ, न द्धन्द्ध नै । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् ।
 मानिसको जीवन नाशवान् छ । मानिसको धर्तीमा आउने जाने क्र्रम चलि नै रहन्छ । उसले बनाएको समाज मात्रै सधैँ रहने कुरा हो । तसर्थ मृत्युपश्चात् मानिसले साथमा केही पनि लैजान नसक्ने भएकाले आफ्नो देश नेपालकै लगि असल काम गर्नु आवश्यक छ । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् , बिना एकता राष्ट्रियता समेत कमजोर हुन्छ । एकतामै शक्ति र सामथ्र्य हुन्छ । यसरी कवितामा राष्ट्रिय एकताको भावलाई कवितामा सश्क्त रुपमा प्रस्तुत गरिएको कुरा प्रश्ट हुन्छ ।

   बन्धनबाट मुक्ति
Share
प्रस्तुत  कथा बन्धनबाट मुक्ति मेरो नेपाली किताबको कक्षा नौ को ‘बन्धनबाट मुक्ति’ कथाबाट साभार गरिएको हो । राजेद्र विमलाद्धारा लिखित कथामा उनले नेपाली समाजका यावत् गतिविधिहरुलाई विषयवस्तु बनाएर कथा लेख्छन् । देशभक्ति, सहअस्तित्व, जातीय सद्भाव तथा मानव कल्याण उनका कथामा पाइने प्रमुख विशष्ोता हुन् । माथिको अंश मास्टर चोआलालकी श्रीमतीको मृत्यु पश्चात इष्टमित्र, छरछिमेकीहरुले वृधवस्थामा भोग्नुपर्ने कुरा सम्झाउने क्रममा आएका छन ।  मानिसले आफ्ना जीवनमा विभिन्न इच्छाहरु पुरा गर्ने चाहना राखेको हुन्छन् । ती चाहनामध्ये मृत्यु हुँदा सँगसँगै जान  पाए कति आनन्द हुने थियो र दुवै मध्ये कुनै एक जनाको मृत्यु पश्चात् एकल जीवन ज्यादै पीडादायी हुने हुनाले यस्तो चाहना राख्नु स्वाभाविक मानिन्छ । तर ईश्वरको कृपा र मृत्युको नियमअनुसार मान्छेले चाहेजस्तो कहिल्यै हुन्न ।
सँगै बाँच्न र सँगै मर्ने मान्छेको नियमअनुसार मान्ेले चाहेजस्तो कहिल्यै हुन्न । सँगै बाँच्ने र सँगै मर्ने मान्छेको चाहना पुरा हुने सम्भावना हुँदै हुन्न । श्रीमान् र श्रीमतीमभ्ये एकजनाको मृत्यु हुन्छ । बाँच्नेले बिजोग बेहोर्ने हुन्छ । यही जीवनको तितो यथार्थलाई मिठो र आकर्षक भाषा शैलीमा उक्त अंशमा प्रस्तुत गरिएको पाइन्छ ।
सन्यास रुप धारण गरी भजन किर्तन र धेरै चेलाहरुका बिच आनन्दपूर्वक जीवन बिताइरहेका चोआलालको हृदय आध्यात्मिक चेतनाले ओतप्रोत भएको छ । उनी म पात्रलाई यही आध्यत्मिक सन्देश प्रवाहित गर्न चाहन्छन् । म पात्रलाई उनी आफ्ना हृयमा अटाउन सक्थे सबै आफन्त भएको र त्यस रुपमा व्यवहार आनप्रदान गरे सबैबाट माया पाउने र आफूबाट अरुले पनि माया पाउने कुरा गर्छन् । असार मानिएको संसार त्यस्तो बेला कसैको नभएर आफ्नै हुने यो बृहत मानवतावादी विचारलाई सन्यास रुप धारण गरेका चोआलाललेव यहँ प्रस्तुत गरेका छन् ।  संसार सबै मानिस आफन्त सरह हुने बृहँत्तर सोचलाई यहाँ आकर्षक भाषाशैलीमा यहाँ प्रस्तुत गरिएको छ   
   अनारकाे बाेट
Shar
प्रस्तुत ‘अनारको बोट’ मुकुन्दराज पथिक द्धारा दिखित कथामा एउटा दःुख पाईरहेको महिला र घाईते ढुकुरको अवस्थाको बारेमा चित्रण गरीएको छ  । अनारको बोट कथामा समवेदना, सेवा, त्याग, समर्पण र देशभक्तिको भावलाई  कथाकार मुकुन्दराज पाथिकले मुख्या भावको रुपमा प्रस्तुत गरेका छन् ।  कल्पलता देखिएको सेवा र त्यागको भाव पनि कम महत्त्वको छैैन ।  उनमा नारीमा हुने मातृत्व पक्ष प्रबल थियो ।  उनमा रहेको असीम दयाकै कारण  उनले घाइते ढुकुरलाई घरमा ल्याई  औषधोपचारका साथै खुबै स्याहारसुसार समेत गरिन् । कल्पलता अन्तर्हृदयदेखि नै समाज सेवाको भावना भएकी नारी थिइन् ।   कुनै एकजना मानिसमा भएको अथाह सम्पत्ति घरमा सञ्चित गरेर राख्दैमा समाजको उन्नति हुँदैन । त्यसैले आफूसँग  भएको एउटा हिरा बेचेर  छोरो पढ्ने विद्यालयलाई दिने र विकास निर्माणका काममा धन सम्पत्ति लगाउने  उनको चाहनामा प्रबल समाज सेवाको भावना विद्यमान रहेको स्पष्ट हुन्छ निकै शोकमा परेकी महिलालाई घाईते ढुकुरको उपचार पश्चात् जिवनशैलीमा नै परिवर्तन भएको कुरा कथामा प्रश्ट्र« पारीएको छ ।
कथाको मुख्या भाव नै  ठुलो शोकमा  परेकी महिलालाई घाईते ढुकुरको उपचार पश्चात् सेवा गरे मेवा मिल्छ भनेझै उनको जिवनमा ठुलो परिवर्तन भयो । यस बाट मानिसमा मात्र नभई अन्य प्राणीमा पनि सेवाको पैँचो तिर्न प्रवृत्ति हुँदो रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।

    यात्रा सुरु गरौँ
Shar
कवि दुबसु क्षेत्री द्धारा लिखित कवितामा कविले विभाजित भएर होइन, एकताबद्ध भएर समयको माग अनुसार अघि बढ्नुपर्ने महत्त्वपुर्ण विचारलाई प्रस्तुत गरिएको छ । कवितामा सम्पुर्ण जातजाती, धर्म, संकृति भएको नेपालीहरुको  एकताबद्ध भई अघि बढ्न आह्वान गरिएको छ । आज  सबै जात, धर्म, संस्कृति मान्ने नेपालीहरु विभाजित भइ आपसमा वैपनस्यता साँध्नुको सटट पुर्खाको आदर्शलाई पछ्याउँदै र सहधर्मको यात्रा गर्दै अघि बढ्नुपर्छ ।
देशलाई अग्रगमनतर्फ डो¥याउन र नव निर्माणको यात्रा प्रारम्भ गर्न समय एकदमै अनुकूल बनेकाले कविले आफ्ना सकारात्मक सन्देशहरु प्रवाहित गरेको छन् ।
कठोर यात्रा पार गरी आज हाम्रो देश नेपाल नयाँ युगमा परिवर्तन भएको छ । नेपालीहरुले सजाएका मुल सपनाहरु शान्ति र समृद्धि हुन् । यसका लागि सबै नेपालीहरुले एकताबद्ध भई सह अस्तित्व, सहकार्य, सहिष्णुता र नव निर्माणको यात्रा तयार गरी नेपालीहरुका सपना साकार हुन सक्ने विश्वास कविले व्यक्त गरेका छन् । कविताले धर्म, संस्कृति, क्षेत्र, जात, जाति, भाषा भाषी सम्बन्धी  सकारात्मक सन्देशहरु दिन खोजेको छ ।
पहाड, हिमाल वा मधेसको नारा दिएर विखण्डनतिर जानुको सट्टा आस्थाको केन्द्र मानिएको जानकी धामको माटाको चन्दन लगाउदै र तामाङ वा शेर्पा जातिको सेले नाचसँगैं सहिष्णुताको यात्रा सुरु गर्न पनि कविले आह्वान गरेका छन् ।  कवितामा प्राकृतिक, सांकृतिक आदि विम्बका माध्यमबाट नेपालीहरु अनेक जात, जाति, धर्म, क्षेत्र आदिका आधारमा विभाजित नभई सह अस्तित्व, सहमति, स्वावलम्बन, सहिष्णुता, सहकार्य, नव निर्माण, सहधर्मको यात्रा सुरु गर्नका लागि आह्वान गरेका छन्
     म को हुँ
Shar
निबन्धकार सुधा त्रिपाठीद्धारा लिखित ‘म को हुँ ’ निजात्मक अनुभूतिहरुलाई प्रस्तुत गरिएको एक विचार प्रदान निबन्ध हो ।   त्यस्तो लेखकको कर्मलाई यस निबन्धमा अन्यथा नलिन निबन्धकारले आग्रह गरेकी छन् । लेखकले फुलको सन्निकटताबाट कोमल भावका साथै जीवनको क्षणिकतालाई बोध गर्न सक्छ । बादलको रिसाहा र आँसु बर्साइ, पहाडबाट धैर्य, नदीनालाबाट सङ्गीत, हिंस्रक जनावरबाट हिंस्रकमन र चराहरुबाट उन्मुक्त भावका साथै प्रकृतिबाट शुष्कता र उत्साह आदि चोर्ने गरेको बताउँछिन् । प्रकृतिलाई सबैले चोरेको र ठगेको कुरा पनि उनी निर्धक्क उल्लेख गर्छिन । आमारुपी प्रकृति बाबुबाट कोमलता र स्वभिमान, गरिबहरुबाट पीडा र दासता, नेपाली महिलाहरुबाट निस्सारलागे रुवाइ र कुण्ठाको भाव, बालक साहित्यिक रचना आदिबाट पनि आफूले भान चोरी गर्ने गरेको लेखक बताउँछिन् । आमा सवयं सृष्टिकर्ता भएकाले सन्तानको वियागको पिडा र लेखकका लागि निकटतम साथी पनि हुने भएकाले आमाबाट धेरै भाव लिन सकिने कुरा उल्लेख गरिएको छ ।  आमाबाट छोराछोरीप्रति गरिने भेदभाव र सामाजिक विषमताको पनि लेखकलाई ज्ञान हुने भएकाले लेखकले आमाका संवेदनशील भाव र सामाजिक विषमत्लाई समेत उजागर गर्नुपर्छ भन्ने सन्देश यस निबन्धमा दिएको पाइन्छ ।
यसमा लेखक त्रिपाठीले लेखकले अँगाल्ने विभिन्न विषयवस्तु तथा भावहरु निजी सृष्टि नभएर जीवन जगत्सम्बन्धी परिवेशबाटै  लिएको हुन्छ र त्यसप्रति कसैले पनि नकारात्मक दृष्टिकोण राख्नु उचित हुँदैन भन्ने  सन्देश दिइएको पाइन्छ । बालकहरुका निश्छल, निष्कश्ट भाव र साहित्यबाट अनि मर्मस्पर्शी र हृदय विदारक विषयवस्तुलाई ग्रहण गरी सिर्जना गर्न सक्छ । यस्ता विविधतायुक्त विषय वा भावलाई नकारात्मक लिनु उपयुक्त  नहुने सन्देश पनि यस निबन्धले दिएको छ ।

    निद्रा

श्री ३ बडामहारानकिा रुपमा दरबारमा भित्रिएको केही दिनमै बालकुमारी देवीले आफ्ना पति महाराज चन्द्रशमशेरमा गहिरो बेचैनी र छटपटाह देखिन । चन्द्रशमशेर राती राम्ररी निदाउन सक्तैनथे । उनी निद्रामै बर्बराउने , दारा किट्ने र एक्कासि बिउँझिने गर्थे । पतिको यस्तो व्यवहार देखेर बालकुमारीले एक दिन चन्द्रशमशेरसँग भनिन्, ‘‘हजुर किन राम्ररी निदाइ बक्सन्न? जान्नेलाई देखाउन पाए हुन्थ्यो । ’’ जवाफमा चन्द्रशमशेरले भने ,‘‘ मैले कलकतताका ठुला डाक्टरहरुसँग जँचाइसकेको छु । मलाई कुनै रोग छैन । चिन्ता मान्नु पर्दैन । जस्ता कुरा गर्छन ।
 चन्द्रशमशेर प्राय ः रिसाइरहन्थे । उनी आफ्ना भाइ भतिजाहरुसँग पनि झर्काेफर्काे गरेर बोल्थे । रोलक्र्रममा जनुपर्ने भएकाले भाइहरुको कुनै भरोसा थिएन । त्यसै कारण उनले इमानदार फतयलाई हजुरियाबाट र गेहेन्द्रलाई दरबारमै आउन रोक लगाउनेसम्मको काम गरे । उनको व्यवहारबाट  भाइ , भतिजाहरु पनि वाक्क भइसकेका थिए । यस थितिले भाइ, भतिजा पनि शत्रु हुने कुरा उनले बुझेका थिए ।  बालकुमारी आफ्ना पतिका बारेमा अनेक खराब कुराहरु सुन्नु परेकोमा पनि उनी चिन्तित बनेकी छन् ।
 चन्द्रशमशेरले त्रिभुवन चन्द्र कलेजको उद्घाटन गरे । त्यस कलेजको उद्घाटन गरेपछि उनलाई ठुलो पछुतो भयो । कलजमा पढेर शिक्षित भएपछि जनता जहानिया शासनका विरुद्ध आन्दोलनमा सरिक हुन्छन, । आफ्नो सत्ता गुम्छ भन्ने उनले ठानेका थिए । 
    डाक्टर अङ्कल
प्रस्तुत कथा डाक्टर ‘अङ्कलका’ कथाकार आत्माराम शर्मा पुडासैनी द्धारा लिखित काथामा उनले  गरिब टुहुरो केटो डाक्टर बनेको कुराको बारेमा चित्रण गरेका छन ।  गरिब परिवारमा जन्मिएको भए पनि वा टुहुरो भए पनि भाग्यमा राम्रो लेखिएको छ भने उसको बुद्धिले पनि ठिक बाटो पहिल्याउँछ र अन्ततः उसले प्रगति गरेरै देखाउछन् । गरिब वा टुहुरो मानिसले प्रगति गर्न सक्दैन् भन्ने आमधारण समाजमा विद्यमान रहेको छ । नेपाली समाजमा डाक्टर बन्नु सामान्य कुरा होइन, टुहुरो र गरिब भए पनि कति हरेस नखाई सङघर्ष र मिहिनेत गरेकाले कमल डाक्टर बनेका छन् । कमलले कथामा कथाकार आत्माराम शर्मा पुडासैनीले एउटा गरिब टुहुरो केटो डाक्टर बनेको देखाएका छन् । दुई छाक टार्न र सामान्य नुनतेल जुटाउन पनि त्यस परिवारलाई मुस्किल थियो । भारी बोक्न जाँदा भिरबाट लेडेर किसानकी जहानको मृत्यु भयो, जेठो छोरो घर छोडी हिँड्नु र छोरीले आफूखुसी बिहे गरी जानु जस्ता घटनाले त्यहाँको सामाजिक परिवेश कति दयनीय थियोे भन्ने प्रस्ट हुन्छ । त्यस्तो दुःखद अवस्थामा अनेक समस्याहरुसँग जुध्दै किसानले आफ्नो कान्छो छोरोलाई विद्यालयमा भर्ना गरिदिन्छ । बाबुको कमाईको आशले पढ्न थालेको कान्छो छोरोलाई बाबुले झर्की फर्की गरेपछि उ आफै काम गरी पढ्न सुरु ग¥यो ।  यसरी गरिबी र त्यसबाट उत्पन्न जटिलता अनि मेहनत र इमानदारीका साथ काम गरे सफलता प्राप्त हुने विशिष्ट भावका साथै बाल बालिकाहरुमा स्वाभाविक रुपमा देखिने जिज्ञासु प्रवृत्ति र चाहनालाई पनि यसमा देखाएको छ । मेहनेत र इमानदार भए जुनसुकै परिवारमा जन्मिएको भए पनि मानिसले प्रगति गरेरै छाड्छ भन्ने भावलाई यस कथामा मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
 कमलले असमयमै आमाको मृत्यु भएको कारण मातृ वात्सल्य पाएका थिएनन् । दाजु घर छोडी हिँडे भने बहिनीले पनि आफु खुसी बिहे गरिन् । गरिबीका मारमा बाबु छोराले समय बिताउँदै गर्दा कापी किन्न एक दिन उनले बाबुको दस रुपियाँ पैसा चोरे । बाबुले थाहा पाएर निकै हकारे । यस घटनाले बाबुछोरा दुवैलाई निकै व्यथित बनायो । अन्ततः एकदिन कमल घर छोडी हिँडे । अनेक दुःख हन्डर खाँदै अञ्चल सदर मुकाममा पुगेर व्यापारीका घरमा काम गर्दै पढ्न थाले । उनले पढाइमा उत्कृष्टता हासिल गर्दै गएका कारण विदेशमा गएर पढ्नका लागि छात्रवृत्ति समेत प्राप्त  गरे । पाँच वर्ष विदेशमा पढेर  डाक्टर बनेका कमलले मिहिनेतकै कारण सम्मानित जीवन बाँच्ने अवसर पाए । 
सङ्गीतज्ञ रामशरण दर्नाल
Share12
रामशरण दर्नालमा कला एवम् सङ्गीतप्रति रुचि जाग्ने अवसर घरबाटै प्राप्त भएको देखिन्छ । पछि उनले एकेडेमीमा जागिर पाएपछि उनमा कला र सङ्गीत प्रति थप प्रेरणा मिल्दै गयोे । फलतः उनले प्रशस्त अवसर र सम्मान पनि प्राप्त गरे । फलस्वरुप उनले सङ्गीत सम्बन्धी लेख, पुस्तक, साहित्यिक कृति लेखे । त्यति मात्र होइन, नेपाली लोकगीत, लोकबाजाहरुको खोज तथा अधुनिकीकरण गर्न देश विदेश जाने गर्नुका साथै याुवाहरुलाई नेपाली सङ्गीतका ताल, राग र स्वरप्रति आकर्षित गर्न धेरै प्रयत्न पनि गरे । उनले गरेका प्रयत्नहरु धेरै सफल पनि भए ।
दलित परिवारमा जन्मिएका कारणले उनले धेरै अपमान र दुःख खपेका थिए । उनले भोगेका जातीय अपमानका कुरा आजका मानिसले त कल्पनासम्म पनि गर्न सक्तैनौँ । स्थापित साहित्यकारसमेत कविताका आवरणमा उनीमाथि जातीय अपमान गर्न चुक्तैन थिए । उनी जातीय अपमान र भेदभावको यस कुरीतिलाई मिल्काउन  चाहन्थे । जातिका आधारमा गरिने अमानवीय व्यवहार मानवता विरोधी कर्म हो भन्ने मान्यता उनको थियो । उनका पिता सत्यकुमार दलितले पशुपतिमा प्रवेश पाउनुपर्छ  भन्ने आन्दोलनका अभियन्त थिए । जीवनको उत्तरार्धतिर रामशरणले जातीय मुक्ति अभियानअन्तर्गत आफ्ना समुदायका मानिसहरुलाई सङ्गठित  गर्ने काम गरेका थिए । यति भएर पनि  उनको मूल ऊर्जा भने प्राज्ञिक कर्मतर्फ नै समर्पित भयो । उनले आफूलाई असीमित सङ्घर्षको कसीमा घोटिएको अकबरी सुनको रुपमा उभ्यान सफल भए । उनी आफ्ना कृतिगत योगदाका कारणले नेपालीका मन मस्तिष्कमा सदैव जीवित रहेका छन् ।

मानव बेचविखन विरुदध हाम्रो दायित्य

छुवछुत उन्मूलनमा विद्यार्थीको भूमिका
उत्तरः
श्रीमान् सभाध्यक्ष,
निर्णायक मण्डल, आरणीय गुरुवर्ग र उपस्थित सम्पुर्ण विद्यार्थी साथीहरु ! आको वक्तृतवकला प्रतियोगिताको विषय छ ‘‘छुवाछुत उन्मूलनमा विद्यार्थीको भूमिका ।’’ यस विषयमा अफूलाई लागेका कुराहरु प्रस्तुत गर्न पाउँदा मलाई गौरवको अनुभूति भइरहेको छ । मेरा विचारमा आजको एक्काइसौँ शताब्दीमा समाजमा छुवाछुत जस्तो अति नै घृणित परम्पराले गाँजरहेको छ भन्ने सुन्दा मात्रै पनि मलाई लज्जाबोध भइरहेको छ । छुवाछुत सामाजिक कलङ्को विषय हो यसले समाजलाई ठुलो नोक्सान पु¥याईरहेको छ ।
सभाध्यक्ष महोदय,
समाजका सभ्य भनाउँदाहरुले सुनको काम गर्न, सिलाइको काम गर्ने फलामको काम गर्ने, छालाको काम गर्ने जस्ता मानिसलाई अछुत मानी व्यवहार गर्ने र अपहेलित गर्ने गरेको छ । यस्तो चलन परापुर्व कालदेखि आजसम्म नेपाली समाजमा देखिँदै आएको छ । कानुनले यस्तो घृणित काम गर्ने काम  गर्नैहरु प्रति कडा सजायको व्यवस्था गरेको भए पनि ती नियमहरु प्रभावकारी रुपमा लागू गर्न सकेको देखिँदैन । त्यसैले समाजमा विद्यमान छुवाछुत प्रथाको उन्मूलन लागि हामी विद्यार्थीहरु सक्र्रिया हुन जरुरी भइसकेको छ ।
सभाध्यक्ष महोदय, विद्यार्थी भनेको परिवार र समाजमा सचेतना जगाउन सक्ने प्रमुख माध्यम हुन् । विद्यालयमा पढेका र बुझेका कुराहरुलाई उनीहरुले आफ्ना घर र टोलमा गई सजिलै सम्प्रेषित गर्न सक्छन् । उनीहरुले छुवाछुत साह्रै नराम्रो प्रथा हो, कुनै शक्तिशाली शासकले आफ्नो स्वार्थ पुरा गर्न यस्ता प्रथा समय समयमा चलाउँदै आएका हुन् यसले परिवार, समाज र राष्ट्रलाई फाइदा पुग्नुको सट्टा नोक्सान मात्र भएका छन्, जस्ता कुरालाई विद्यार्थीले समाजमा फैलान सक्छन् र समाजमा फैलाउन सक्छन् । यस काईमा विद्याथीको ठुलो भूमिका रहन्छ । त्यसैले  सामनिक कार्यमा सम्पुर्ण विद्यार्थीहरुले लाग्नु पर्दछ भन्दै मेरो भनाइ यहीँ अन्त्य गर्न चाहन्छु ।
बहिनीलाई चिठी
Share4
भान्जाले मामालाई लेख्ने चिठी

कृष्ण मामा,                                                                         नेपालटार २०७३/३/१२                          
ग्रामिण आर्दश
उ मा वि सादर नमस्कार ।                                 

म यहाँ  सन्चै छु । त्यहाँ  मामा माईजु पनि आरामै होस् भन्ने कमना गर्दछु । तपाईले पठाउनुभएको चिठी हिजो मात्र हात लाग्यो । गाउको खबर सबै राम्रो सुन्न पाउँदा खुसी लाग्यो ।
हजुरले मलाई चिठीमा खानेकुराको बारेमा केही कुरा राख्नुभएको रहेछ । त्यसको लागी हजुरलाई धेरै धेरै धन्यावाद पत्रमा म आफ्ना कुरा राख्न चाहन्छु  । मामा मानव जीवनमा स्वास्थ्यको ठुलो महत्त्व रहेको हुन्छ भन्ने कुरा मैले हुजुरलाई भनिरहनु पर्देन । आजकाल बच्चाहरु बजारिया खाना खान मरिहत्ते गर्छन् ।  यो स्वास्थ्यका लागि ज्यादै हानिकारक छ । कुनै पनि जंग फुट, तारेका वा अन्य मसलादार वस्तुहरु बाल बालिकालाई खुवाउने काम पटक्कै नगर्नुहोला । बजारिया खानाकै कारणहरु आजकालका बालबालिका सानैदेखी रोगी हुन थालेका छन् ।
आफ्ना बालबालिकालाई घरेलु खानेकुरामा अभ्यस्त गराउनु होला । घरमा उपलब्ध हुने मकै, भटमास, कोदो फापर ,गहुँ, सागसबजी , फलफुल आदिको सेवन गराउन सके बालबालिका निरोगी हुने मौका छ ।  त्यसैले मामाले यसतर्फ ध्यान दिनु होला भन्ने आग्रह गर्दछु । आजलाई कलम यहीँ बन्द गर्न चाहन्छु केही जिज्ञासा राख्नु भएमा आगमी दिनमा पत्रमा लेख्ने नै छु ।
तपाईको प्यारो भान्जो  
विष्णु पाण्डे

जैविक खेती

नेपालमा प्राङ्गारिक मल उत्पादन गर्ने कुनै गारो छैन । यहीँ उपलब्ध वनस्पति अन्य सडेगलेका चिजबाट प्राङ्गारिक मल बनाएर खेती गर्दा जमिनको उर्वर शक्ति बढ्ने तथा खाद्यान्नको उत्पादनमा समेत वृदधि हुने देखिन्छ । आज नेपालीहरु वैदेशिक रोजगारबाट फर्किएपछि जैविक खेतीमा समेत आकर्षित हुन थालेको छन् । नेपाल विविधतायुक्त हावापानी भएको देश हो । यस देशमा  अनेक किसिमका जीवजन्तुहरुको अस्तित्वव रहको छ । अनेक प्राणी र वनस्पतिले युक्त यस देशमा जैविक खेतीको सम्भावना प्रचुर मात्रामा रहने कुरालाई सहजै स्विकार्न सकिन्छ । आज नेपालीहरु  सहजै स्विकार्न सकिन्छ ।
निश्चित रुपमा रासायनिक खेतीबाट क्षणिक लाभ हुने कुरामा दुईमत हुन सक्दैन तर दीर्घकालीन असर भयावह बन्दैगएको कुरालाई पनि नकार्न सकिन्न । नेपालको भौगोलिक बनावट विविधतामय छ । हावापानी पनि विविधतमय रहेको छ । यसले गर्दा जैविक खेती नेपालमा सहज रुपमा फस्टाउने सम्भावना छ । परम्परागत रुपमा भन्दा केही नयाँप्रविधिको प्रयोग र आधुनिकीकरण गर्दै लैजान सकेका खण्डमा यसबाट पर्याप्त लाभ लिन सकिने देखिन्छ ।
धेरै बाली उब्जाउने र छिटै पैसा कमाउने लालसाले नेपालीहरुको स्वस्थ्यमा दिनँहु गम्भीर सङ्कट उत्पन्न हुन थालेको छ । खेती किसानी गर्ने मानिसहरु आफ्नो बालीनाली जोगाउन विषादी युक्त रसायनको प्रयोग गर्दा आफ्नो स्वास्थ्यलाई  ख्यालै गर्दैनन् । त्यस्तै रसायन र विषादी युक्त रक्तचाम, हृदयघात जस्ता डरलाग्दा रोहरुले आक्र्रमण गर्न थालेको छ । राष्ट्रलाई नेपालीहरुको स्वास्थ्य कसरी बचाउने भन्ने कुरो ठुलो चुनौती बनेर आएको छ । 

मङ्गलाका तिन दिन

प्रतिस्पर्धा भनेपछि एक प्रकारको छटपटाह भने हुँदो रहेछ । स्वभाव वा प्रकृति हो । यही स्वभावजन्य कुराले गर्दा मानिसका मनमा प्रतिस्पर्धाको भावना हुन्छ । प्रतिशपर्धामा सबैले आफूले जित्ने दाबी गरिरहेका हुन्छन । जतिसुकै दाबी गरे पनि प्रतिस्पर्धामा एकजनाले जित्नु र बाँकीले हार्नुृ स्वभाविक मानिन्छ ।  प्रतिस्पर्धा समान बोद्धिक स्तर  वा हैसियत भएका व्यक्तिहरुका बिचमा हुने गर्छ । त्यसबेला अरुभन्दा आफू जान्ने छु  र प्रतियोगीहरुलाई सजिलै परास्त गर्छु भन्ने भावनाका साथ प्रतिस्पर्धामा उसले भाग लिन्छ ।
हरेक कामलाई महत्त्व र जुनसुकै कामलाई सम्मान गर्ने बानीको विकास गर्नु आजको आवश्यकता हो युगको माग हो । मानव जीवनमा श्रमको ठुलो महत्त्व रहेको छ । श्रमले परिवार, समाज र राष्ट्रको उन्नति र प्रगति हुन्छ । श्रम गर्न मानिसहरु अल्छी गर्छन । अल्छी मात्र होइन, शारीरिक श्रम गर्नेलाई हेराईको दृष्टिले समेत हेप्छन । विद्यार्थी वर्गले बौद्धिक र शारीरिक श्रम गर्नु आवश्यक छ । जसले श्रम गर्दैन त्यसले जीवनमा सफलता पनि प्राप्त गर्न सक्दैन । शारीरिक श्रम गर्नेको स्वास्थ्य राम्रो हुन्छ र उसले पढाइमा पनि राम्रो प्रगति गर्छ । बल  गाउनुपर्नैै  कामलाई पनि मानिसहरु सम्मानित दृष्टिले हेर्दैनन् । शारीरिक श्रम र बलको कामलाई पनि अरु काम सरह सम्मान गर्नु बुद्धिमानी हुने कुरा उक्त अशंमा बताइएको छ ।
आङ सान सुकी
Share3
नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको जन्म सन् १९४५ जुन १९ मा भएको हो । उनका बाबुको  आङ सान र आमाको नाम दा खिन की हो उनको बाबु आङ सानले म्यानमारलाई सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त गर्ने कार्यमा मध्यस्थता गरेका थिए । आमा राजदूत हुँदा नेपाल आउने अवसर आङ सान सुकीलाई प्राप्त भएको थियो । उनका दुई जना दाजु थिए । पाँचजना परिवारकी एक्ली छोरी सुकी आफ्नो देश, जनता र प्रजातन्त्र तथा मानव अधिकारका लागि गरेको त्याग र सङ्घर्षकै कारण विश्वभर परिचित छन् ।  सुकीको औपचारिक शिक्षा मध्य चाङगुन (रङ्गुन) स्थित सेन्ट फ्रान्सेस कन्भेन्ट स्कुलबाट भयो    नौ वर्षकै उमेरदेखि साहित्यिक किताब पढ्ने र  त्यसबारे टीका टिप्पणी गर्ने काम पनि गर्न थालिन् । बुद्ध दर्शन र आदर्शबाट प्रभावित सुकी देशलाई सङ्टबाट मुक्त गर्न सधैँ चिन्तन  गरिरहन्थिन् ।
    राजनीतिक चलखेल र राम्रो काम गर्ने मान्छेलाई सरकारले शान्ति र स्थायित्वमा खलल पु¥याउने कार्य गरेको भन्ने आरोप लगाइयो ।  सुकीलाई नजरबन्दमै राख्दा उनका पक्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक जनमत तयार भयो  । त्यसले सैनिक सरकारको ठुलो भत्र्सना ग¥यो ।  प्रजातन्त्रमा, मानव अधिकार र शान्तिप्रतिको आस्था र निष्ठाको कदर गर्दै उनलाई सन् १९९१ को नोबेल शान्ति पुरस्कार प्रदान गरियो । उनको नजरबन्दले म्यानमारप्रति विश्वको ध्यानकर्षण भयो । यसरी सुकीको ‘ नजरबन्द’ जीवले म्यानमारको राजनीतिमा निकै ठुलो प्रभाव पर्यो ।
दार्शनिक, सांस्कृतिक  र राजनीतिक तहमै नेपाल र सुकीको सम्बन्ध गहिरो रुपमा रहेको हुन्छ । नेपाल र आङ सान सुकीको सम्बन्ध गहिरो रुपमा विकास भएको छ ।  उनी बाल्याकालमै नेपाल आएकी थिइन् र गौत्म बुद्धको अहिंसावादी चिन्तनबाट प्रभावित भएकी थिइन् । यसलाई उनले जीवन दर्शनकै रुपमा आत्मसात् गरेकी छन् । आफूमात्र  होइन श्रीमान् र छोराहरु समेत बौद्ध दर्शनप्रति नतमस्तक हुनुले नेपाल र सुकीको सम्बन्ध सांस्कृतिक र दर्शनकै तहमा भएको स्पष्ट हुन्छ । प्रजातान्त्रिक आन्दोलन, मानव अधिकार र विश्व  शान्तिप्रतिको नेपाल र सुकीको चाहना पनि  मननयोग्य नै रहेको छ ।
विभिन्न देशहरुको अध्ययन भ्रमणपछि आङ सान सुकी लन्डनमा रहिन् । त्यहाँ रहँदा उनले आफ्नो छोराहरुको पढाइमा ध्यान दिइन् । यसै अवसरमा उनले यात्रा संस्मरणका रुपमा लेट्स भिजिट नेपाल, लेट्स भिजिट जापान नामको बालेपयोगी कृतिहरु लेखिन् ।  उनले आफ्ना बुबा आङ् सानको जीवनी अस्ट्रेलियाबाट प्रकाशन गरिन् । त्यसपछि उनले निबन्धकार हग रिचार्डसनका तिब्बत र बौद् धर्म सम्बन्धी निबन्धहरु सङ्कलन गरी तिनलाई सङग्रहका रुपमा प्रकाशिन गरिन । उनी बेजलायतको राजधानी लन्डन गएर त्यहाँको अक्सफोर्डस्थित सेन्ट हग कलेजबाट राजनीति शास्त्र, दर्शन शास्त्र र अर्थशात्रमा उच्च शिक्षा हासिल गर्दौ लन्डनको विश्वविद्यलयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजबाट आधुनिक बर्मेली साहित्यमा उम. फि पनि गरिन् । यसपछि सन् १९६९ देखि १९७२ सम्ममा उनले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा जागिर पनि खाइन् । सन् १९७२  मा बेलायती नागरिक माहयकल एरिससँग उनको बिहे भयो । उनका अलेक्जेन्डर एरिस र किम एरिस नामक दुई जना छोरा नन्मिए । श्रीमानका साथ उनले धेरै देशको भ्रमण गरिन् ।

महिला हिंसा

Shar
महिलाप्रति  गरिने कुरुप र असह्यव व्यवहारहरु यत्रतत्र देख्न पाइन्छ भन्ने कुरालाई माथिका अंशमा प्रस्तुत  गरिएको छ । नेपाली समाजमा महिलाप्रति गरिने व्यवहारहरु एकदमै तल्लो स्तरको रहेको छन् । समाजमा महिला जति हेपिने वस्तु अरु केही छैन । उनीहरुलाई वस्तुभाउ सरह मोलतोल गरी बेचिन्छ ।  महिलालाई उपभोग्य वस्तुभन्दा बढी मुल्यको ठन्ँिदैन । त्यसैले महिला हिँसा समाजमा जिउँदो रुपमा रहेको छ ।  महिलाको गरिमा र इज्जतलाई ख्यालै नगरी बिक्र्री वितरण गर्न वस्तुका रुपमा हेरिनु र तदनुरुपको व्यवहार गरिनु आफैँमा लज्जास्पद कार्य हो । त्यस्तै महिलालाई जबर्जस्ती बलात्कार गरी मारेर फालिन्छ । यस्ता घृणित सामाजिक  परम्पराको अन्त्यका लागि सबै सचेत हुनु र आआफ्नो ठाउँबाट व्यवहारहरु सच्याउनु पनि आवश्यक भइसकेको छ ।
संसारका मानिसहरु कर्तव्य, अधिकार र सारा मानवलाई कसरी सम्मान गर्न सकिन्छ भनेर तदनुरुपमा क्रियाकलापहरु अघि बढाइरहेका छन् । यो ज्यादै लज्जास्पद कुरा हो । विश्वले आज धेरै कुरामा प्रगति गरिसकेको छ । चेतनाका हिसाबले विश्व आज अकल्पनीय अवस्थामा पुगेको छ । आज विश्वमा अनेक प्रकारका परिवर्तनहरु भएका छन् । महिला हिंसा, सामाजिक विभेद, लैङगिक विभेद जस्ता कुरा विश्व परिस्थितिमा नेपालमा भने पुरानै परम्पराले जकडिरहेको कुरालाई माथिका अंशमा प्रस्तुत गरीएको छ ।
समाजमा आज पनि अनेक विभेदहरु छन् । खास गरी महिला माथिको हिंसा अहिले पनि जिउँदै छ । दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरा नपाएको भनी हेप्ने, छोरा र छोरीमा विभेदकारी व्यवहार गर्ने जस्ता अति नै लज्जास्पद क्रियाकलापहरु नेपाली समाजमा देख्न पाइन्छ । विश्वले जतिसुकै प्रगति गरेको भए पनि त्यसले नेपाली समाजलाई छुन सकेको छैन । नेपाली समाजमा अविवेकि कुरा गरेर हिंसालाई बढुवा दिने प्रवृत्ति ज्युँका त्युँ रहेका छ । यस्तो सोचाइ नत्यागेसम्म समाजको सही विकास र उन्नति सम्भव छैन ।
कानुन कडाइका साथ लागु गर्ने र संस्कारमा परिवर्तन गरी समसत्ता कायम गर्न सकेका खण्डमा सामाजिक रुपान्तरण सम्भव हुन्छ । नेपाली समाजको कुरा गर्दा यहाँ नारी हिंसाका अनेक रुप देखा पर्छन । नेपाली नारीहरु छाउपडी देउकी र कुमारी जस्ता प्रथाका सिकार पनि भएका छन् । आर्थिक अधिकारबाट वञ्चित गराइएका र अनेक अविवेकी व्यहारका कारण सामाजिक रुपान्तरण आशातीत रुपमा हुन सकेको छैन ।  त्यसकारण  सामाजिक रुपान्तरण गर्न सर्वप्रथम आफैँबाट परिवर्तनको सुरुवात गर्नुपर्छ ।

छात्रवास

Shar
पाठ्याक्र्रमले निर्धारण गरेको क्षमता अभिवृद्धि गर्न र पढाइमा विशिष्टता हासिल गर्न छात्रावास उपयुक्त थलोका रुपमा रहेको हुन्छ । घरमा बसेर पढ्दा विद्यार्थीलाई घरका अनेक समस्याले सताउने गर्छ । यस्तो अवस्थामा विद्यार्थीले एकाग्र भएर अध्ययनलाई अघि बढाउन सक्दैन । जसले गर्दा तह अनुसारको याग्यता हासिल गर्न उसलाई निकै कठिन हुन्छ । शिक्षण सिकाइमा पछि विद्यार्थी लाभान्वित हुने र सहपाठी सिकाइको अवसर पाउने अनि विद्यालयको परामर्श प्राप्त गर्न पनि छात्रावसको बसाइ आभदायक हुने गर्छ । घरमा बसेर पढ्न असमर्थ विद्यार्थीका लागि छात्रावास उपयुक्त थलो मानिन्छ । विद्यार्थीले छात्रावासमा उपयुक्त शौक्षिक वातावरण प्राप्त गर्न सक्छ ।  गृहकार्य गर्न असमर्थ विद्यार्थीलाई सहयोग प्राप्त हुन्छ ।  अत : विद्याथीका लागि भौतिक संरचनामा बसाइको ठुलो महत्व रहेको कुरा स्पष्ट हुन्छ ।

तलको निवेदन पढेर त्यसको जवाफमा लेख्ने पत्र तयार गनुहोस्
श्रीमान् माहाप्रबन्धक,
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड,
सानोठिमी, भक्तपुर ।
विषय स् मुद्रण संयन्त्र तथा प्रविधि अवलोकन गर्नेबारे ।
महोदय,
म यही आदर्श माध्यामिक विद्यालय, सानाठिमीमा कार्यरत शिक्षक हुँ । यस विद्यालयका कक्षा नौ का विद्यार्थीले पाठ्यपुस्तक छापेको दृश्य हेर्न मन गरेका छन् । म आफैँलाई पनि यस बारेमा पा्रविधिक अनुभब छैन । हाम्रो भाबनासँग सहमत भएर विद्यालयले पनि शैक्षिक भ्रमण गर्न अनुमति प्रदान गरेको छ । अतः यसका लागि कार्यक्रम निर्धारण गरि हामिलाई अवलेकनको अवसर प्रदान गर्नु हुन अनुरोध छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
सानोठिमी, भक्तपुर ।                
मिति : २०७२र११र२५               

उत्तर

श्री शिवकुमार निरौला
(नेपाली विषय शिक्षक)
आदर्श माभ्यमिक विद्यालय,
सानोठिमी, भक्तपुर ।
विषय : मुद्रण संयन्त्र तथा प्रविधि अवलोकन अनुमति दिएको समबन्धमा ।
महोदय,
तपाईबाट प्रेषित निवेदनमा कारबाही हुँदा तपाई र कक्षा नौका विद्यार्थीलाई पाठ्य पुस्तक छापेको दृश्य हेर्न अनुमति दिने निर्णय गरिएको छ । त्यसका लागि मिति २०७२ फगुन २८ गते शुत्र्रmबारका दिन उपराह्न २ः३० बजेको समय तोकिएको छ ।
उक्त समयमा विद्यार्थीलाई अनुशासित रुपमा शौक्षिक भ्रमण गराउनु हाला ।
महाप्रबन्धक                           
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
सानोठिमी, भक्तपुर  



Comments

Popular Posts